युरोप जाने चक्करमा एउटैले गुमाए करिब २ करोड रुपैयाँ

27 May, 2026

युरोपको विभिन्न देशमा लैजाने भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-१० घर भई हाल काठमाडौंको टोखा बस्ने ४१ वर्षीय भीम लामा रहेका छन्।

उनले युरोपको विभिन्न देशमा लैजाने भनेर १ करोड ९३ लाख रुपैयाँ लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए। उनका अनुसार लामाले १ जनाबाट रकम लिएपछि उनी फरार रहेका थिए।

यसैगरी क्यानडा लैजाने भनेर ५ लाख ३२ हजार रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। दैलेखको गुराँस गाउँपालिका-३ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने ३९ वर्षीय खड्कध्वज शाही पक्राउ परेका हुन्। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको सूचना अधिकारी कार्कीले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024