युएईले श्रमिकसँग पुलिस रिपोर्टका नाममा लिइरहेको शुल्कमा ५० प्रतिशत छुट दिने

25 September, 2026

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा संघका पदाधिकारी र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अल शम्सीबीच भेटघाट भएको छ।

छलफल क्रममा संघले पुलिस रिपोर्ट प्रमाणीकरबिनानै नेपाली श्रमिकलाई युएई लैजान सकिने व्यवस्था गर्न अनुरोध गरेको जनाएको छ।

पुलिस रिपोर्ट प्रमाणीकरण को विषय युएईको आन्तरिक सुरक्षा व्यवस्थासँग सम्बन्धित रहेको कारण यसको प्रक्रिया पूर्णरूपमा हटाउन सम्भव नभएको जानकारी राजदूतबाट आएको संघले जनाएको छ।

राजदूतला उध्दृत गर्दै अक्टोबर २०२६ देखि शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने, साथै हाल लागिरहेको समयावधिलाई घटाई अबदेखि ३ कार्यदिनभित्र पुलिस रिपोर्ट प्रमाणीकरण हुने व्यवस्था भएको संघले जनाएको हो।

पुलिस रिपोर्टका नाममा युएई जाने श्रमिकमाथि प्रतिव्यक्ति अतिरिक्त १४ हजार रूपैयाँभन्दा धेरै भार थपिएको हो।

पुलिस रिपोर्ट प्रमाणीकरणका लागि युएईले ३५३.२७ दिराम ( १४ हजार रूपैयाँ बढी) शुल्क लिँदै आएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024