युएईमा मापदण्ड नपुगेका शैक्षिक संस्थामा नेपाली विद्यार्थी पठाउँदै कन्सल्टेन्सी

28 November, 2025

संयुक्त अरब इमिरेट्स (युएई) मा नेपाली विद्यार्थीहरू समस्यामा परेको युएईस्थित नेपाली दूतावासले जनाएको छ।

नेपालका केही शैक्षिक परामर्श केन्द्र(कन्सल्टेन्सीहरू) ले युएईका फ्री-जोनहरूमा सञ्चालित विश्वविद्यालय, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरूमा विद्यार्थी पठाउने गरेको र ती संस्थामध्ये कतिपय मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको जनाएको हो।

विभिन्न विदेशी विश्वविद्यालयसँग आवद्ध भएको भनिए पनि त्यस्तो समेत नपाइएको दूतावासले जनाएको छ।

‘कलेज तथा व्यवसायिक तालिम केन्द्रहरूको आफ्नै भवन समेत नभएको, केही महिना मात्रै भाडामा लिएको अपार्टमेन्टमा भौतिक कक्षा सञ्चालन गर्ने र त्यसपछि अनलाइन कक्षा हुने गरेको,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ, ‘ प्रतिवद्धता अनुसार सेवासुविधा उपलब्ध नगराएको लगायत गुनासा प्राप्त भइरहेका छन्।’

त्यस्तो समस्या परेपछि नेपाली विद्यार्थीहरू कोर्ष पुरा नगरी नेपाल फर्कनु परेको पाइएको दूतावासले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026