याक्खा ‌ओभरसिजका सञ्चालक रोक्का साधारण धरौटीमा छुटे

30 May, 2018

याक्खा ‌ओभरसिजका सञ्चालक रोक्का साधारण धरौटीमा छुटेगत बुधबार पक्राउ परेका याक्खा ‌ओभरसिजका सञ्चालक भीमबहादुर रोक्का साधारण धरौटीमा छुटेका छन्। मंगलबार रोक्का श्रम विभागमा २ लाख ६० हजार रूपैयाँ बुझाएर छुटेका हुन्।

 

रोक्काको मुद्दा प्रहरीले हेर्न नमिल्ने भन्दै सरकारी वकिलले श्रम विभागलाई हेरिदिन आग्रह गरेपछि मूद्दा मंगलबार नै श्रम विभाग पुगेको थियो।

 

वैदेशिक रोजगारीमा जाने युवालाई ठगी गरेको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले रोक्कालाई पक्राउ गरेको थियो।

 

तीन जनाको लगानी रहेको म्यानपावरका अन्य दुई जना फरार छन्। म्यानपावरमा पूर्व अख्तियार आयुक्त दिप बस्न्यातका छोरा कमल बस्न्त्यातको लागानी छ।

 

बस्न्यात फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ। वैदेशिक रोजगारीमा मलेसिया जाने युवाका लागि माइग्रामका नाममा उनीहरूले  १ सय २५ रिंगिटसमेत लिएको प्रहरी अनुसन्धानमा देखिएको छ। उनीहरूले १० हजारको भौचर बनाएर १ लाख २० हजार रूपैयाँसम्म लिने गरेका थिए।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026