‘यहाँ श्रम स्वीकृति गरिन्छ’ भन्ने प्रचार सामग्री हटाउन विभागको निर्देशन

13 April, 2026

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी भ्रामक प्रचार सामग्री हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।

विभागले शुक्रबार एक सूचना जारी गर्दै विभागको कार्यालय प्रवेश गर्ने गेट आसपासका साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थाहरुलाई ‘श्रम स्वीकृतिसम्बन्धी काम गरिन्छ’, श्रम अनलाइन फाराम भरिन्छ’ लगायत श्रम शब्द प्रयोग गरी गरिएका प्रचार सामग्र हटाउन निर्देशन दिएको हो । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीहरुलाई भ्रममा पार्ने, आकर्षण गर्ने, रकम असुल्ने र विचौलियाको रुपमा काम गर्ने गरेको गुनासोको आधारमा विभागले यस्ता सामग्री हटाउन निर्देशन दिएको हो ।

वैदेशिक रोजगारीमा जानेलाई भ्रममा पार्ने गरी तयार गरिएका बोर्ड, होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्तेलेखन तथा प्रचारलगायतका काम चैत ३० भित्र हटाउन बोर्डले व्यवसायी, साइबर, संस्था र व्यक्तिहरुलाई निर्देशन दिएको हो । तोकिएको समय सीमाभित्र यस्ता सामग्री नहटाए वैदेशिक रोजगार ऐन २०६४ तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही हुने समेत विभागले जानकारी गराएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024