मानव तस्करीलाई गम्भीर रुपमा लिएका छौं : गृहमन्त्री बादल

7 August, 2018

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मानव तस्करी  र यस सम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीर रुपमा लिएको बताएका छन्। 

 

इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानव तस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन्। उनले ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीको जाने गरेका कारण पनि यो विषयलाई नेपाल गम्भीर रहेको प्रष्ट पारे।

 

उनले दिगो मानव विकास, कानुनी शासन र नागरिक सुरक्षाका लागि मानतस्करी र बेचबिखन बाधकको रुपमा देखा परिरहेको टिप्पणी गरे।गृहमन्त्री थापाले मानव तस्करी, बेचबिखन र अन्तरदेशीय अपराधको सम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानुन कार्यान्वयन गर्ने निकायबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। 

 

उनले विभिन्न देशमा रहेका आप्रवासी कामदारको हितका लागि समेत यो सम्मेलनले दिशा निर्देश गर्ने विश्वास व्यक्त गरेका छन्। सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारी सहभागी छन्। 

 

नेपालसहित चीन, भारत, अस्ट्रेलियासहित ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सी आईओएम, युएनएचसिआर सम्मेलनको सदस्यको रुपमा रहेका छन्।

 

गृहमन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा गत आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए। बादल बुधबार स्वदेश फर्किने छन्। 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026