माओवादी पूर्वलडाकुले विदेश पठाउने भन्दै साढे २ करोड ठगेपछि…

17 July, 2026

माओवादी पूर्वलडाकुले बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै साढे २ करोड ठगी गरेको पाइएको छ ।

ठगी गर्नेमा कैलालीको लम्किचुहा नगरपालिका–६ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ बस्ने ४६ वर्षीय लहानुराम चौधरी छन् । उनी १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वमाओवादीका लडाकु थिए ।

पछिल्लो समय काठमाडौंमा बस्दै आएका उनले बेरोजगार र सोझा व्यक्तिलाई राम्रो रोगजारी र तलवमा युरोप, क्यानडासहितको भन्दै ठगी गरेको आरोप छ । विशेषगरी उनले क्यानडा र लिथुआनिया पठाउने भन्दै ठगी गरेको आरोप छ ।

प्रतिव्यक्ति १ लाखदेखि ७० लाखसम्म लिएर उनले ठगी गरेको पाइएको छ । यसरी अहिलेसम्म २६ जनाबाट २ करोड ५० लाख रुपैयाँ ठगी गरेको पाइएको छ ।

उनले आफ्नो गृहजिल्ला कैलाली, बर्दिया, चितवन, पर्सा, खोटाङ, पाल्पाका व्यक्तिहरुलाई ठगी गरेको खुलेको छ ।

यो बाहेक पनि उनीविरुद्ध यसअघि मुद्दा चलेको भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट २७ लाख बिगोको ठगी मुद्दा चलेको भेटिएको छ । त्यसैगरी जिल्ला प्रहरी परिसर भक्तपुरमा ३ लाखको बैकिङ कसुर मुद्दा दर्ता भइ फरार भएको पाइएको छ ।

कतिसम्म भने विदेश पठाउने भन्दै विश्वासमा पार्न नक्कली डकुमेन्ट देखाउने गरेको भेटिएको छ । कतिपय व्यक्तिले विदेश जान भन्दै एयरपोर्टसम्म पुगेर समेत फर्किएका थिए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024