मलेसियाद्वारा विदेशी श्रमिकको कोटा माग गर्न समय थप

31 December, 2025

मलेसियाले २०२५ का लागि विदेशी श्रमिक ल्याउने कोटा माग गरेका रोजगारदातालाई आगामी जनवरी १९ देखि मार्च ३१ सम्म विशेश समयावधि दिएको छ । यसले नेपालसहित श्रोत देशबाट श्रमिक ल्याउन पाउने बाटो खुल्नेछ ।

मलेसियाको गत अक्टोबर १ मा डिसेम्वर ३१ सम्म विदेशी श्रमिक ल्याउने पाउने गरी स्वीकृति दिइएको थियो । मंगलबार जारी गृह मन्त्रालयको विज्ञप्तिअनुसार सरकारले स्वीकृत गरेका सबै क्षेत्र तथा उपक्षेत्रमा विशेष समय लागू हुनेछ ।

गृहले जनवरी १९ देखि मार्च ३१ सम्म प्राप्त हुने सबै आवेदन सम्बन्धित अनुगमन गर्ने मन्त्रालयसँग छलफल गरी निर्णयका लागि अघि बढाइनेछ । ती आवेदन विदेशी श्रमिकको रोजगारी सम्बन्धी विद्यमान कानुनी व्यवस्था र सर्तअनुसार नै मूल्यांकन गरिने मन्त्रालयको भनाइ छ ।

गृह मन्त्रालयले रोजगारदातालाई एजेन्ट वा तेस्रो पक्ष प्रयोग नगरी विदेशी कामदार व्यवस्थापन वन–स्टप सेन्टरमार्फत सिधै आवेदन दिन पुनः आग्रह गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024