मलेसियाको नेपाली दूतावासका कर्मचारी नै म्यानपावर व्यवसायमा

22 May, 2018

मलेसियास्थित नेपाली दूतावास मलेसियामा कार्यरत कर्मचारी नै म्यानपावर व्यवसायमा संलग्न रेको खुलेको छ । दूतावासका सवारी चालक प्रविन प्रधान ‘उत्सव एच आर सोलुसन प्रालि’ पिङ्गलास्थान-९ गौसलाको कार्यकारी निर्देशक रहेको पाइएको हो । प्रधान नेपाली दूतावास मलेसियाको प्रशासन विभागतर्फको सवारी चलाउँछन् ।

 

उनले विभिन्न कम्पनीहरुमा पुगेर नेपाली कामदारहरुको मागपत्र लिने र दूतावासमा अन्य मेनपावर व्यवसायीहरुको कागजपत्र वैधानिक गर्ने गरेको खुलेको छ । उनी दूतावासका कर्मचारीका रुपमा कम्पनीमा पुगेर सम्बन्ध बनाउने र दूतावसमा म्यानपावर व्यवसायीको सेटिङ मिलाउने काममा संलग्न रहेको स्रोतको दावी छ ।

 

मलेसियामा गैरकानुनी रुपमा बस्दै आएका नेपाली कामदारहरुसँग आर्थिक मिलेमतो गरेर पासपोर्टसमेत बनाउने धन्दामा समेत उनको संलनता देखिएको छ । प्रधानले त्यसका लागि तीन हजार मलेसियन रिंगेट लिने गरेका छन् । दूतावासले यस विषयमा आवश्यक छानवीन गरिरहेको जानकारी दिएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026