मलेसियाका प्रधानमन्त्रीलाई बालेनले भने : सिन्डिकेट र बिचौलिया प्रथा स्थायीरुपमा हटाऔं

22 September, 2026

प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग आज विशेष छलफल गरेका छन्। उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन्।

छलफलका क्रममा प्रधानमन्त्री बालेनले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिए। उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डीकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड दिए।

जवाफमा मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको स्पष्ट पारे। उनले यस विषयमा आफ्ना श्रममन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गरे।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024