मध्यपूर्वमा अलपत्र परेका नेपालीको उद्धारका लागि दूतावासले व्यवस्था मिलाउने

16 March, 2026

युद्ध प्रभावित मध्यपूर्व ९पश्चिमी एसियाली० देशहरूमा अलपत्र परेका नेपालीहरूको राहत तथा उद्धारका लागि दूतावासहरूले आवश्यक व्यवस्था मिलाउने भएका छन् ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले ती देशहरूमा रहेका तथा ट्रान्जिटका क्रममा अलपत्र परेका नेपाली नागरिकको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन दूतावासहरूले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले हाललाई नेपाली राजदूतावासहरू रियाद, आबुधाबी, दोहा, कुवेत सिटी, मनामा, मस्कट, इस्लामावाद, कायरो र तेल अभिव तथा नेपाली महावाणिज्य दूतावासहरू जेद्दा र दुबईले आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको बताए ।

ती देशहरूमा ट्रान्जिटमा फसेका नेपालीहरूको राहत तथा उद्धारका लागि आवश्यक बजेटको माग गरिएको थियो । परराष्ट्र मन्त्रालयले ती देशहरूमा रहेका १० वटा दूतावास तथा नियोगहरूलाई तत्कालका लागि आवश्यक पर्ने १० लाखका दरले बजेट माग गरेको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024