भुटानी शरणार्थीद्वारा स्वदेश फिर्ताका लागि पहल गर्न सरकारसँग आग्रह

30 March, 2026

नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीहरूले आफ्नो सम्मानजनक स्वदेश फिर्तीका लागि पहल गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बुझाइएको निवेदनमा झापा र मोरङका शिविरमा अझै करिब ६ हजार ५०० शरणार्थी बसोबास गरिरहेको उल्लेख गर्दै स्वदेश फर्कन चाहनेहरूको समस्या समाधान नभएको जनाइएको छ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको यएनएचसीआरलगायतका निकायको समन्वयमा भूटान सरकारसँग वार्ता गरी दीर्घकालीन समाधानका रूपमा स्वदेश फिर्तीको प्रक्रिया अघि बढाउन माग गरिएको छ।

शरणार्थीहरूले शिविरमा खाद्यान्न, स्वास्थ्य, शिक्षा र आवासजस्ता आधारभूत सुविधा घट्दै गएको भन्दै आफ्नो पहिचान जोगाइराख्न पनि ध्यानाकर्षण गराएका छन्।

उनीहरूले भुटानी शरणार्थी समस्याको समाधानका लागि सरकारले ठोस पहल गर्नुपर्नेमा जोड दिएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024