भिसा वर्ष २०२५ : १५ लाख २३ हजार नेपाली बिदेसिए, १० लाख १५ हजार विदेशी नेपाल भित्रिए

2 January, 2026

भिसा वर्ष २०२५ (जनवरी १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म) मा १५ लाख २३ हजार नेपाली नागरिक विदेश प्रस्थान गरेका छन् भने जम्मा १३ लाख १३ हजार १९१ नेपाली नागरिक विभिन्न मुलुकबाट नेपाल फर्किएका छन्।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार सोही अवधिमा १० लाख १५ हजार ३७८ विदेशी पर्यटक नेपाल प्रवेश गरेको देखिएको छ भने नौ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्केको देखिएको छ। विदेशी नागरिकहरू अधिकांश नेपाल घुम्ने प्रयोजनका लागि नेपाल आउने गर्दछन्।

नेपालको अध्यागमनले विदेशी नागरिकहरूलाई पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसालगायतका विभिन्न १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026