भिजिट भिसाबारेको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाइने

10 October, 2025

सरकारले भिजिट भिसामा भएको अनियमितताबारेको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले यसअघि भिजिट भिसासम्बन्धी मानव बेचबिखनलगायत भ्रष्टाचारका विषयमा छानबिन समिति गठन गरेको थियो ।

प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा रहेको थियो । त्यसलाई कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026