भाषा परीक्षा पास गरी रोस्टरमा रहेकालाई आन्दोलन नगरी वार्तामा आउन ईपीएस कोरिया शाखाको आग्रह

20 January, 2026

भाषा परीक्षा पास गरी रोस्टरमा रहेकालाई आन्दोलन नगरी वार्तामा आउन ईपीएस कोरिया शाखाले आग्रह गरेको छ। भोलिदेखि पुनः धर्ना, जुलुस, आन्दोलन जस्ता कार्यक्रम गर्ने जानकारी आएपछि शाखाले आज विज्ञप्ति जारी गरेर वार्तामा आउन आग्रह गरेको हो।

नेपाल सरकारले समस्या समाधानका लागि कूटनीतिक पहल गरिरहेकाले आन्दोलनका कार्यक्रम रोक्न शाखाले विज्ञप्तिमार्फत अनुरोध गरेको छ। शाखाका अनुसार छानबिन समितिको प्रतिवेदन अन्तिम चरणमा पुगेको र छिट्टैनै नेपालबाट उच्चस्तरीय टोली समस्या सामाधानका लागि दक्षिण कोरिया प्रस्थान गर्ने तयारी छ।

विज्ञप्तिमा मागरत पक्षहरुलाई संयमित रहि आन्दोलनका कार्यक्रमहरु नगरी नेपाल सरकारको उच्च पदस्थ अधिकारीहरुसँग आफ्ना मागहरु राखि वार्ता गर्न सबै क्षेत्रहरुको प्रतिनिधित्व हुने गरी प्रतिनिधिमूलक ढंगबाट बढीमा १० जनाको नाम छनौट गरि शाखालाई यथाशीघ्र उपलब्ध गराउन भनिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024