भारत जाने कामदारको निःशुल्क बिमा गरिने

28 May, 2022

बिरा गडाल

बैतडीको डिलासैनी गाउँपालिकाले भारत जाने कामदारको निःशुल्क बिमा गर्ने भएको छ। गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीका अनुसार गाउँपालिकाबाट रोजागारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बिमा गर्ने निर्णय गरिएको हो। कार्यविधि बनाएर रोजगारीका लागि भारत जानेहरुको बिमा गरिने गाउँपालिकाले जनाएको छ।

रोजगारीका लागि भारत जानेहरुले सम्बन्धित वडा तथा पालिकामा आफ्नो विवरण पेस गर्ने र सोही विवरणको आधारमा दुर्घटना बिमा गरिने अध्यक्ष जोशीले बताए। यस्तै, गाउँपालिकाले द्वन्दका बेला सहिद भएकाहरुको परिवारलाई मासिक तीन हजार सम्मान भत्ता र जनआन्दोलनका घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024