भारतमा सवारी दुर्घटनामा खोटाङका युवाको मृत्यु 

26 March, 2026

Damber Singh Rai

खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भडारेका २५ वर्षीय तिलक परियारको भारतको हैदरावादमा सवारी दुर्घटनाका कारण मृत्यु भएको छ ।

चैत ६ गते गाडीले ठक्कर दिँदा घाइते भएका परियारको सेकन्दरावादस्थित गान्धी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । रोजगारीको खोजीमा चैत ५ गते हैदरावाद पुगेका परियारलाई सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएको आफन्तले जनाएका छन् । फागुन २१ गतेको निर्वाचनमा निर्वाचन प्रहरी भएर घर फर्किनसाथ चैत २ गते परियारसहित अन्य २ जना रोजगारीको खोजीमा भारततर्फ गएको वडाध्यक्ष शिव फुयालले बताएका छन् । मृतकका आफन्त पनि भारतै भएकाले उनको शव नेपाल ल्याउने वा उतै अन्त्येष्टि गर्ने भन्ने एकीन नभइसकेको फुयालले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024