बेलायत पठाउने भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

9 January, 2026

प्रहरीले रोजगारीका लागि बेलायत पठाउने भन्दै २८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१६ घर भई हाल मध्यपुर थिमि नगरपालिका–२ बस्ने ३४ वर्षीय अमन महर्जन रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । पीडितहरुको उजुरीका आधारमा उनलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

मध्यपुर थिमि–२ बाट पक्राउ परेका महर्जनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026