बेरोजगार जनतालाई कृषि तथा निमार्ण क्षेत्रमा परिचालन गरिने

15 May, 2020

सरकारले बेरोजगार नागरिकलाई कृषि, बृहत भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, निमार्ण र सेवा क्षेत्रमा परिचालन गर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै दक्ष श्रमिक कामको सम्मान स्वरोजगार, उपयुक्त पारिश्रमिक र सामाजिक संरक्षण सहितको श्रम व्यवस्थापन सरकारको प्रमुख श्रम नीति हुने बताइन्।

कोभिड १९ को विश्वव्यापी माहामारीले स्वदेशी रोजगारी संकुचित हुने र वैदेशिक रोजगारीमा रहेका नेपाली फर्किने सम्भावित परिस्थितीले बेरोजगारको संख्या बढ्ने जोखिम देखिएको राष्ट्रपति भण्डारीले बताइन्। 

बेरोजगारको संख्या घटाउन सरकारले बेरोजगार जनतालाई व्यवसायिक कृषि, बृहत भौतिक पुर्वाधार, स्थानीय पूर्वाधार, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, निमार्ण र सेवा क्षेत्रमा परिचालन गरिने राष्ट्रपति भण्डारीले जानकारी दिइन्।

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026