बुहारी भारत बेच्ने पक्राउ

16 May, 2011

बरुण पनेरु

बुहारीलाई फकाएर भारतमा लगी बिक्री गरेको अभियोगमा एक ब्यक्तीलाई प्रहरीले पक्राउ गरी मानव बेचबिखन अपराध ऐन अनुसार कारबाही प्रकृया अघि बढाएको छ।

डडेल्धुरा भित्रीमधेस जोगबुडा गाविस- ४ काँजीगडा बस्ने गोपाल धामीलाई प्रहरीले हिरासतमा राखेर कारवाही अघि बढाएको हो। अभियुक्त धामीले आफ्नै बुहारी नाता पर्ने जोगबुडा-४ काँजीगडाकी देवादेवी धामीलाई भारतमा लगी बेचेको पीडित महिलाका आफन्तहरुको आरोप छ।

आफन्तजनहरुका अनुसार गत चैत २० गतेबाट देवा घरबाटै एकाएक बेपत्ता भएपछि खोजबिनका क्रममा उनलाई बैशाख १८ गते भारतको लुहाघाटमा एक नेपाली ब्यापरीलाई बेचेको अवस्थामा भेटेका थिए। बेचिएकी देवाका घरपरिवारले उनलाई बेचिएको थाहा पाएपछि कानूनी कारबाही शुरु गरेका हुन्। भारतमा लगेर बेचेपछि फरार रहेका अभियुक्त धामीलाई ससुरालीबाट समातेर गाँउलेले प्रहरीलाई बुझाएका थिए।

जोगबुडाको सिमा चौकी तातोपानीबाट आइतबार जिल्ला प्रहरी कार्यालयमा झिकाई अभियुक्त धामीविरुद्ध मानव बेचविखन अवराध ऐन अनुसार कारवाही प्रकृया थालिएको जिल्ला प्रंहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी अर्जुन चन्दले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024