विश्वमै सम्मानित छ बेलायती विश्वविद्यालयबाट प्राप्त हुने डिग्री । तर, अधिकांश निजी कलेजको व्यापारिक स्वार्थ र विद्यार्थी पनि अध्ययनभन्दा कमाउन दत्तचित्त भएपछि अहिले बेलायतलाई आफ्नो शैक्षिक साख जोगाउन हम्मेहम्मे छ ।
यही परिस्थितिमाझ विश्वविद्यालय वा कलेज पढ्न बेलायत आएका युरोपेली मुलुकबाहेकका विद्यार्थीमध्ये बर्सेनि एक लाखभन्दा बढी गैरकानुनी रूपमा यतै बस्ने गरेको आधिकारिक अध्यागमन तथ्यांकपछि अर्को तरंग छाएको छ । कोर्स सकेर र्फकनुको सट्टा यतै लुकेर बस्नेमा विशेष गरी इन्डियन सबकन्टिनेन्टबाट आएका विद्यार्थी बढी रहेको बेलायती अखबार डेली मेलले छापेको छ ।
माइग्रेसन वाचका थिङ् ट्यांक सर एन्डि्रयु ग्रीनको भनाइ उद्धृत गर्दै डेली मेलले भनेको छ, ‘गत वर्ष ५० हजार विद्यार्थी मात्र तिनका देश फर्किएको रेकर्ड छ, जब कि पछिल्लो पाँच वर्षयता सालाखाला एक लाख ५५ हजार विद्यार्थी बर्सेनि बेलायत आएका देखिन्छ ।’ ग्रीनले यसरी विद्यार्थी लुक्ने प्रवृत्ति निरुत्साहित गर्न जरुरी रहेको समेत बताएका छन् । गैरकानुनी बसिरहेका विद्यार्थी सम्बन्धमा छानबिन गर्न पनि उनको जोडदार माग छ ।
डेली मेलको नयाँ तथ्यले गृहमन्त्री टेरेसा मेमाथि थप दबाब परेको छ । उनले विश्वविद्यालय र कलेजलाई अध्ययनपछि विद्यार्थी फर्काउन नयाँ नियम लाद्ने तयारी गरिरहेको बेलायती अखबार लेख्छन् । मेले विश्वविद्यालय र कलेजलाई पठाएको पत्रमा अध्यागमन प्रणाली र शैक्षिक क्षेत्रको साख जोगाइराख्न निणर्ायक कदम चाल्न निर्देशन छ । यद्यपि, गृहमन्त्री मेको यो प्रयासमा वर्तमान गठबन्धनका उनकै समकक्षी र विश्वविद्यालयका उपकुलपतिहरू सहयोगी नबनेको कतिपयको बुझाइ छ । विदेशी विद्यार्थीले तिर्ने शुल्क विश्वविद्यालयका लागि राम्रो आम्दानी भएर पनि विद्यार्थीलाई कडाइ गर्ने पक्षमा विश्वविद्यालय देखिन्नन् । सन् २००९ को खुकुलो ‘टियर फोर’ नियमले हजारौं नेपाली विद्यार्थीसमेत बेलायत भित्रिएका थिए । तर, निजी कलेज बीचैमा बन्द भएपछि र जागिर अभावजस्तो प्रतिकूल परिस्थितिबीच कति नेपाली विद्यार्थी पढाइ छाडेर यतै अलमलिएका छन् । कति स्वदेश फर्किए, कति लरीमा लुकेर युरोपतिर भासिए । बीबीसी नेपाली सेवा आबद्ध पत्रकार भगिरथ योगीलाई धेरै नेपाली विद्यार्थी पढाइ छाडी युरोपतिर लागेको हेक्का छ । लन्डनस्थित एउटा ट्राभल एजेन्सी ‘ट्राभल कन्सोल’ का सञ्चालक विराज भट्टले सयौं नेपाली विद्यार्थी एकतर्फी टिकट काटेर युरोपेली मुलुक स्पेन, प|mान्स, बेल्जियम, पोर्चुगल आदितिर लागेको जनाए । अफिस फर नेसनल स्ट्याटिस्टिक्स् (ओएनएस) को तथ्यांकमा सन् २०१२ मा एक लाख ४५ हजार, सन् २०११ मा एक लाख ८५ हजार, सन् २०१० मा एक लाख ८६ हजार र सन् २००९ मा एक लाख ६७ हजार विद्यार्थी -युरोपेली मुलुकबाहेक) बेलायत आए । यीमध्ये अधिकांश भारतसहित दक्षिण एसियाबाट आउने छन् । वर्तमान गठबन्धन सरकारले आप्रवासी दर सन् १९९० कै हाराहारीमा ल्याउन अध्यागमन नियममा कडाइ गरेपछि विद्यार्थी संख्या भने तुलनात्मक रूपमा घटेको छ । यसै वर्षको सुरुदेखि युरोपेली देश रोमानिया र बुल्गेरियाका नागरिकले समेत बि्रटेनमा निर्बाध काम गर्न पाउने अधिकार भएपछि अध्यागमन नियन्त्रण गर्ने सरकारको प्रयास जारी छ ।