पोर्चुगल पठाइदिन्छु भनेर रकम ठगी गर्ने व्यक्ति पक्राउ

19 February, 2024

काठमाडौं : पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन खैरेनी नगरपालिका-२ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २६ वर्षीय समिर कुमार कर्ण रहेका छन्।

उनले पोर्चुगलमा पठाएर प्रतिष्ठित कम्पनीमा प्याकिङ काम लगाइदिने आश्वासन दिएर सम्पूर्ण तामाङसँग ८ लाख ३० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024