दिनेश रेग्मी
सवा २ वर्षभन्दा अघि कतारको समुद्रमा भएको पानी जहाज दुर्घटनामा परेर मृत्यु भएका १२ नेपाली कामदारमध्ये ३ जनालाई कामदार कार्यरत कम्पनीले बिहीबार क्षेतिपूर्ति तिरेको छ ।
कामदार कार्यरत कम्पनी एचबीके र बिमा कम्पनीबीच कसले क्षतिपूर्ति दिने भन्ने विवाद भएपछि कुनै पनि कामदारले अहिलेसम्म पाउन सकेका थिएनन्। नेपाली दूतावासले कामदार कार्यरत कम्पनीले नै क्षतिपूर्ति दिनुपर्ने भन्दै मुद्दा लड्दै आएकोमा पुरनावेदन अदालत, कतारको निर्णयअनुसार एचबीकेले क्षेतिपूर्ति भरेको हो । कतारी कानुनमा कामको सिलसिलामा मृत्यु भएका प्रत्येक कामदारको परिवारले ब्लड मनीस्वरूप २ लाख रियाल -करिब ४० लाख रुपैयाँ) क्षतिपूर्ति पाउने व्यवस्था छ ।
नेपाली दूतावासका अनुसार कम्पनीले कटकुइया-१ बनियाँगाउँ, बाँकेका मृतक अब्बास अहमद सई, फेटा-८ बाराका मेहदी हुसेन मियाँ र डिभर्ना-३ अर्घाखाँचीका मानसिंह खत्रीको २ लाख रियालका दरले चेक दिएको हो। जसअनुसार दूतावासले प्राप्त चेकबाट वकिलको २० प्रतिशत सेवा शुल्क र अख्तियारनामा तथा नाता प्रमाणीकरण शुल्क -१ सय ४० रियालदेखि १ सय ६० रियाल) कटाएर बाँकी डा्रफ्ट बनाएर परराष्ट्र मन्त्रालयमा पठाउने बताएको छ । दूतावासको तर्फबाट मुद्दा लड्दै आएकी कतारी महिला वकिल मोना अब्दुल रहेमान हुसेन ऐरले मुद्दा जितेमा २० प्रतिशत शुल्क लिने र हारेमा निःशुल्क सहयोग हुने गरी मुद्दा लडेकी थिइन्।
जसअनुसार प्रतिमृतकका प्रतिपरिवारले १ लाख ५९ हजार ८ सय ४० रियाल -करिब ३२ लाख रुपैयाँ) क्षेतिपूर्ति पाउने छन् । दूतावास शुक्रबारदेखि कात्तिक २३ सम्म वक्रइदको बिदा परेकाले त्यसपछि बैंकिङ प्रक्रिया पूरा गरेर डिप मेलमार्फत परराष्ट्रमा ड्राफ्ट पठाउने जनाएको छ ।
‘एचबीकले तीन कामदारको क्षतिपूर्तिको चेक दियो, हामीले अरू कामदारको पनि लिने प्रक्रियामा छौं’ राजदूत डा. सूर्यनाथ मिश्रले कान्तिपुरलाई भने, ‘लामो संघर्षपछि ढिलै भए पनि सफलता मिलेकोमा हामी अत्यन्त खुसी भएका छौं ।’
दूतावासले १२ वटै मुद्दा पुनरावेदनमा विभिन्न मितिमा लड्दै आएकोमा ८ वटा जितिसकेको छ । बाँकी ४ मृतकको मुद्दा सुनुवाइको क्रममा छन् । जितिसकेको ८ मध्ये क्यारिङ आउट कोर्ट -फैसला कार्यान्वयन गराउने अदालत) को आदेश अनुसार एचबीकेले क्षेतिपूर्ति दिएको हो ।
‘पुनरावेदनबाट मुद्दा जितिसकेकाले ५ जना मृतकको क्षतिपूर्ति पनि यही महिनाभित्र आउने सम्भावना छ,’ राजदूत मिश्रले भने, ‘नजिर बसिसकेकाले बाँकी ४ मृतकको मुद्दा पनि पुनरावेदनबाट जित्नेमा हामी ढुक्क छौं ।’
पुनरावेदन अदालतबाट मुद्दा जितिसकेकामा बगडा-६, महोत्तरी शेषनाथ यादव, जौलीपोखरी-८ रोल्पाका जयबहादुर पुन मगर, हब्सेकोट ३, नबलपरासीका घनश्याम सार्की, छिस्ती-१ बागलुङका लीलाराम पौडेल र हापुर-२ दाङका शंकर बिष्टको परिवार छ ।
पुरनावदेनमा सुनुवाइ हुन बाँकी मुद्दा गुम्दी-५ धादिङका गंगाबहादुर गुरुङ, सुगाभवानीपट्ट-ि५, महोत्तरीका राजीवकुमार दत्त, गैराकोट-१ पाल्पाका तिलकबहादुर खम्चा र कुर्घा-३ पर्वतका ऋषिप्रसाद शर्मा पौडेलको छ । बाँकीको सुनुवाइ बक्रइद पछि नोभेम्बरबाट सुरु हुने दूतावासले जनाएको छ ।
०६६ असार १६ (२००९ जुन ३०) कामको सिलसिलामा पानी जहाज दुर्घटनामा परेर १२ नेपाली, १६ भारती, एक बंगालादेशी र एक इन्डोनेसिनसहित ३० जनाको भएको थियो । यूएईको दुवईस्थित एउटा कम्पनीबाट एचबीकेले भाडामा लिएको उक्त पानी जहाज कतारको समुद्रस्थित ग्यास प्लान्टको सफाइ गरेर र्फकंदै गर्दा पल्टिएपछि उनीहरूको मृत्यु भएको थियो ।