पासपोर्ट बनाउनेको भीड बढेपछि थपियो इपिएस भाषा परीक्षाका लागि आवेदन दिने समय

31 July, 2026

राहदानी विभागमा पासपोर्ट बनाउनेको भीड बढेपछि दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा आवेदनको समय बढाइएको छ।

ग्वार्को स्थित इपिएस कोरिया शाखाले सूचना जारी गर्दै साउन २० गतेसम्म आवेदन दिन सकिने उल्लेख गरेको छ।

शाखाले आवेदन दिने अवधि दुई दिन थप गरेको हो। राहदानी विभागको चाप न्यूनीकरण गर्न र इच्छुकलाई आवेदन दिनबाट बञ्चित नगर्न समय थपिएको कार्यालयले उल्लेख गरेको छ।

त्यस्तैगरी, पासपोर्टको म्याद गुज्रिएकाहरूले पनि सोही पासपोर्टको विवरण भरेर आवेदन दिन सक्ने कार्यालयले जनाएको छ।

उक्त पासपोर्ट भाषा परीक्षा पास गरेर रोजगारीका लागि आवेदन फारम भर्ने समयसम्म प्रयोग गर्न सकिन्छ।

राहदानी विभागले पनि पासपोर्ट बनाउनेको भीड बढेसँगै सार्वजनिक बिदाको दिन शनिबार र आइतबार पनि सेवा दिने जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024