पचास श्रमिकको उद्धार

30 March, 2020

सप्तरी – सप्तरीको पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा अलपत्र  श्रमिकको उद्धार गरिएको छ। ‘लकडाउन’का कारण विभिन्न कारखानामा काम गर्ने श्रमिकको सप्तरीबाट उद्धारगरी आआफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईँले जानकारी दिए। 

कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गएको मङ्गलबारदेखि देशैभरि लकडाउन गरेपछि खाद्यान्न तथा यातायात सेवा नपाउँदा श्रमिक अलपत्र परेका थिए। मोरङ, सुनसरी र सप्तरीका विभिन्न कारखानामा कार्यरत मजदूर यातायात नपाउँदा घरका लागि पैदल नै हिंँडेका थिए। उनीहरुलाई प्रहरीले विभिन्न स्थानीय तहसँग समन्वय गरी उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

सडकमा पैदल हिँंडिरहेका श्रमिकलाई खाजा खुवाई सर्लाहीको लालबन्दीसम्म पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए। प्रनाउ भारतीका अनुसार उद्धार गरिएका सर्लाहीका ३८, रौतहट, बारा र सिरहाका चारचार जनालाई आइतबार आआफ्नो गृह जिल्ला पठाइएको हो। रासस

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026