नेपाली दूतावास अस्ट्रेलियाको सेवा शुल्क संशोधन, जान्नुहोस् कुन सेवामा कति शुल्क लाग्छ

1 August, 2018

कल्याणकारी सेवा निःशुल्क, मञ्जुरीनामा ७५ र नयाँ राहदानीका लागि ४६० अस्ट्रेलियन डलर

अस्ट्रेलियास्थित नेपाली दूतावासले प्रदान गर्ने सेवा शुल्क संशोधन गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को गत असार १५ को कन्सुलर कागजात प्रमाणीकरण दस्तुर संशोधन सम्बन्धी निर्णय र राहदानी नियमावली २०७२ (तेस्रो संशोधन)  अनुसार दूतावासले सेवाशुल्क संशोधन गरेको हो ।

हाल कायम गरिएको सेवाशुल्क यही साउन १ गतेबाट लागू भएको अस्ट्रेलियास्थित नेपाली राजदूतावासले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

 

कल्याणकारी प्रकारका सेवाहरु (अंग प्रत्यारोपणका लागि सिफारिस, मृतकको शव सम्बन्धी सिफारिस, खोज तलास तथा उद्दार सम्बन्धी कार्यको सिफारिस, घाइते तथा मृतकको क्षतिपूर्ति सम्बन्धी निवेदन) वा अन्य यस्तै प्रकारका सेवा निःशुल्क प्रदान गरिने दूतावासले जनाएको छ ।

 

नयाँ तोकिएको शुल्कमा सबैभन्दा कम प्रतिकागजात ७५ अस्ट्रेलियन डलर र सबैभन्दा बढी ४६० अस्ट्रेलियन डलर रहेको छ ।

 

मञ्जुरीनामा, जमानतपत्र, रोजगार सम्झौता वा अन्य यस्तै प्रकारका श्रम सम्बन्धी सेवाहरु, विवाह दर्ता प्रमाणपत्र, सबै प्रकाशरका निवेदन, जो जससँग सम्बन्धित छ वा अन्य यस्तै प्रकारका कागजातहरुका लागि ७७ अस्ट्रेलियन डलर लाग्ने छ ।

 

हराएको, च्यातिएको वा नासिएको कारणले नयाँ राहदानी लिनु परेका ४६० अस्ट्रेलियन डलर शुल्क लाग्ने छ । यो सबैभन्दा बढी शुल्क हो ।

 

 

हेर्नुस् कुन सेवामा कति शुल्क लाग्छ

हेर्नुस् कुन सेवामा कति शुल्क लाग्छ

 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026