नाबालिकालाई सीमा पार गराउँदै गर्दा युवक पक्राउ

10 November, 2025

गोपाल भण्डारी

चेलीबेटी बेचबिखन गर्न लैजाँदै गरेको आशंकामा प्रहरीले सीमा नाका कृष्णनगरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका-१३ बस्ने २३ वर्षीय अर्जुन रोका रहेको प्रहरीले जनाएको छ।

नेपालमै कामकाज लगाइदिन्छु भन्ने प्रलोभन दिई झुक्याएर भारत लगी बेचबिखन गरी आर्थिक लाभ लिने उद्देश्यले एक नाबालिकालाई सीमा नाका कटाउँदै गर्दा रोकालाई पक्राउ गरिएको हो।

नाबालिका ओसारपोसार तथा बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले कृष्णनगर नाकाबाट रोकालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए। पक्राउ परेका रोकालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई थप अनुसन्धान अघि बढाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026