दोहामा ६ नेपाली अलपत्र

12 July, 2012

सम्झौताअनुसार काम र सुविधाका नपाएपछि न्यायका लागि अदालत गएका कारण चार जना नेपाली युवालाई कतारको एक कम्पनीले कामबाट निकालेर अलपत्र पारेको छ । कतारको याथ्रेब कम्पनीमा कार्यरत चार जना कम्पनीबाट निकालिएपछि विमानस्थलमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा लखनपुर, झापाका सुदीप थापा, पथरी, मोरङका अमृत पुलामी, नेपालगन्ज, बाँकेका किरण शर्मा र पर्वतका मणिराज छेत्री छन् । सुदीपका दाजु विकास थापाका अनुसार बिर्तामोडको द रिभर ओभरसिजमार्फत भाइ सुदीप कतार पुगेका हुन् । जनही ८० हजार तिरेर कतार पुगेका उनीहरूलाई सम्झौत्ााअनुसार तलब पनि पाएका थिएनन् । ‘यहाँबाट पठाउँदा भाइलाई १८ हजार दिने भनेको थियो, त्यहाँ पुगेपछि १६ हजार मात्र दिएछन्,’ विकासले कान्तिपुरसित भने, ‘त्यही भए पनि ६ महिनासम्म नियमित काम गर्दै तलब पाइरहेका थिए । तीन महिनायता तलबै दिन छाडेछन् ।’ ‘तीन महिनादेखि तलब नपाएपछि नेपाली दूतावासको शरणमा गयौं,’ भाइले टेलिफोनमा भनेको उद्धृत गर्दै विकासले भने, ‘दूतावासको सल्लाहअनुसार श्रम अदालतमा मुद्दा हाल्यौं । हामीले मुद्दा जित्यौं पनि ।’ आफूहरूको पक्ष्ामा अदालतले मुद्दा फैसला गरेपछि कम्पनीले बोलाएर एक महिनाको तलब दिएर तीन महिनाकोमा हस्ताक्षर गराएको उनीहरूले बताएका छन् । त्यसपछि उनीहरूलाई कम्पनीले जागिरबाट निकालिदिएका छन् । हाल उनीहरूलाई दोहास्थित विमानस्थल नजिकै एउटा कोठामा बन्धक बनाई राखिएको छ । बाँकी तलबबापत रकमले नेपाल जाने हवाई टिकट काटिदिने भनेर कोठामा ल्याएर थुनिएको उनीहरूले आफन्तलाई टेलिफोनमा बताएका छन् । ‘साथमा पैसा छैन्ा, खानेकुरा छैन, बाहिर निस्कन पाइएको छैन,’ आफ्ना भाइले भनेको पीडा सुनाउँदै विकासले भने, ‘सरकारले हाम्रा बन्धक आफन्तको तत्काल उद्धार गरिदिनुपर्‍यो ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026