काम गर्दै आएको कम्पनीले निकालिदिएपछि सातायता दुबईको ग्रामीण क्षेत्रमा १० नेपाली युवा अलपत्र परका छन ।
पाँच महिनाअघि उदयपुर, नवलपरासी, दाङ, झापा र धनकुटाका युवक त्यहाँ पुगेका थिए । शुभ आरती म्यानपावर कम्पनी बालाजुबाट रोजगारीमा गएका जिल्लाको जाल्पा चिलाउने ५ का लिलबहादुर बोहरालगायतलाई दुबईको रासखेमा जिल्लाको अलहमरा पि|mजोनस्थित इन्जिनियरिङ स्टुन्ड ट्रायल प्रोडक्ट कम्पनीले निकालिदिएको बोहराले टेलिफोनबाट कान्तिपुरलाई बताए ।
‘एजेन्टले भिजिटिङ भिसामा पठाएको कारण कम्पनीले निकालिदियो,’ उनले भने, ‘काम गर्न गएको कम्पनीले भिसा शुल्कबापत एक हजार -दुबईको पैसा) माग्यो, दिन नसकेपछि निकाल्यो ।’
कम्पनीले निकालेपछि सातायता वैदेशिक रोजगारमा आएका नेपालीसूग मागेर खाँदै आएको बोहराले सुनाए । उनीलगायतका युवकलाई म्यानपावर कम्पनीका एजेन्ट नारायण बिसकु र अर्जुन काफ्लेले दुबई पठाएको थियो । ‘राम्रो काम छ, कमाइ हुन्छ भन्दै ठगेर पठाए,’ उलने भने, ‘तर भिजिटिङ भिसामा पठाएको रहेछ, उल्टै कम्पनीले पैसा मागेपछि दिन नसक्दा बिचल्लीमा परियो ।’
सिसा काट्ने काम गर्नुपर्छ भन्दै वैदेशिक रोजगारमा जानुभएको थियो बोहराकी भाउजू लक्ष्मीले भनिन्, ‘तर एक सातादेखि भोकभोकै पर्नुभएको छ रे ।’ काम गर्ने कम्पनीले भिसाबापतको पैसा तिरेरमात्रै जानु भन्दै निकालिदिएका लिलबहादुरले भन्दै आएको लक्ष्मी बताउँछिन् ।
एक सातायता जाउलो खाएर बाँच्दै आएका छौं अर्का पीडित दाङ फागुराम चौधरीले भने, ‘अब यस्तै अवस्था रह्यो भने बाँच्नसमेत समस्या हुन्छ होला ।’ कम्पनीले कामबाट निकाले पनि बास बस्न दिएकाले भोकै भए पनि सुत्न पाएको उनले बताए ।
नेपालबाट पठाउदा एजेन्टले एक महिनापछि भिसाको पैसा काटिन्छ भनेका थिए, चौधरीले भने, ‘तर ३ हजार रुपैयाँ काटेर पनि खाने पैसासम्म दिएन ।’