जापान पठाउने भन्दै ११५ जनाको झण्डै ३ करोड ठगी गर्ने कन्सल्टेन्सीका सिईओ पक्राउ

12 August, 2026

जापान पठाउने भन्दै ११५ जनालाई ठगी गर्ने कन्सल्टेन्सीका सीइओ पक्राउ परेका छन्। जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गर्ने ग्याट्स इन्टरनेसनल प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रतीक बुढाथोकी पक्राउ परेका हुन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय बुढाथोकीलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा साउन २५ गते बुटवलबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024