छत्तीस जनाले पाए बहिर्गमन भिसा

18 October, 2020

काठमाडौँ, कात्तिक २ गते । साउदी अरेबियामा अवैध रूपमा कार्यरत रहेर नवीकरण नगरेका नेपाली श्रमिकलाई साउदी सरकारले बहिर्गमन भिसा दिएको छ । सो भिसा पाएका श्रमिक अब स्वदेश फिर्ता हुन सक्नेछन् ।

साउदी अरबको रियादस्थित नेपाली दूतावास र वाणिज्य दूतावास जेद्दाका अनुसार बहिगर्मन भिसा फारम भरेकाहरुमध्ये ३६ जनाले बहिर्गमन भिसा पाएका छन् । दूतावास रियादले बहिगर्मन भिसा पाउने नेपालीको नामावली आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको छ भने बाँकीका लागि आवश्यक कार्य भइरहेको जानकारी समेत गराएको छ । बहिर्गमन भिसा पाउनेले भिसा जारी मितिले ६० दिनभित्र साउदी अरेबिया छोडिसक्नु पर्नेछ ।

साउदी अरेबियामा कानुनी रूपमा लगभग साढे तीन लाख नेपाली कार्यरत छन् । दूतावासका अनुसार यो प्रक्रियाको थालनी भएदेखि साउदी सरकारले हालसम्म एक हजार १३१ जना नेपाली श्रमिकलाई बहिर्गमन भिसा जारी गरेको छ ।

दूतावासका अनुसार विभिन्न व्यक्तिहरुले झुठा विवरण दिई दूतावाससमक्ष वहिर्गमन भिसाका लागि राहदानी तथा एकाइमा पेस गरेअनुरुप दूतावासको सिफारिसमा बहिर्गमन भिसा लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयम् नै जम्मेवार हुनुपर्ने छ । साथै दुतावासले बहिर्गमन भिसा जारी भइसकेकालाई नेपाल जाने तयारी गर्न समेत अनुरोध गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024