रसुवाको चिलिमे हाइड्रोपावरमा कार्यरत ९ जना व्यक्तिको उद्धार भएको छ ।
सशस्त्र प्रहरीका डीएसपी अपार प्याकुरेलका अनुसार स्याङ्जाका नारायण भट्टराई, कैलालीका रामसुन्दर चौधरी, अर्जुन चौधरी, प्रेम चौधरी, महादेव डंगौरा, श्यामनारायण कठरिया, विजय डंगौरा तथा बाजुराका प्रकाशबहादुर धामी र उमेश धामीको उद्धार भएको हो ।
उनीहरू रुबीभ्याली हुँदै सशस्त्र प्रहरीको बीओपीमा पुगेका थिए । लगत्तै सशस्त्रले उद्धार गरेको हो ।