चिया मजदुरको ज्याला र सामाजिक सुरक्षाको व्यवस्था कडाइका साथ कार्यान्वयन होस् : सचेतक राई

16 September, 2026

नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया मजदुरका लागि सरकारले तोकेको ज्याला, सेवा सुविधा तथा सामाजिक सुरक्षा कोषमा आबद्धताको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले चिया मजदुरका हकहितका लागि सरकारले निर्धारण गरेका मापदण्ड कार्यान्वयनमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘चिया मजदुरहरुको सरकारको मापदण्डअनुरुप ज्याला, सेवा, सामाजिक सुरक्षा कोषमा आवद्धताको विषयलाई कडाईका साथ कार्यान्वयन होस् भनेर अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

साथै, उनले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालको पहिलो नवग्राम मन्दिर धार्मिक आस्था, पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको बताए । नवग्राम मन्दिरको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिकामा पहिलो नवग्राम मन्दिर धार्मिक आस्था, पर्यटन र स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको छ । नेपालको पहिलो नवग्राम मन्दिरको संरक्षण, पूर्वाधार विकास, प्रवर्द्धन तथा धार्मिक पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई थप मजबुत बनाउन आवश्यक बजेट र थप प्रचारप्रसार आवश्यक रहेकोले यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद राईले भनेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024