कोरियाले माग्यो सात हजार २०० श्रमिक

22 July, 2026

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) प्रणाली अन्तर्गत २०२६ मा नेपालबाट सात हजार २०० जना जना श्रमिक माग गरेको छ।

पोइन्टमा आधारित छनोट प्रणालीको अनुमानित उत्तीर्ण संख्या सात हजार २०० तोकिएको इपिएस शाखा ग्वार्कोले जनाएको छ। कोरियामा कामदारको माग अनुसार पोइन्टमा आधारित छनोट संख्या थपघट हुन सक्ने शाखाले जनाएको हो।

शाखाका अनुसार उत्पादनमूलक क्षेत्रतर्फ पाँच हजार उत्तीर्ण गराउनेछ। कृषि तथा पशुपालन क्षेत्रतर्फ कोरियाले दुई हजार जना माग गरेको छ।

सेवा क्षेत्रमा एक सय जना र वन क्षेत्रमा एक सय जना गरी कुल सात हजार २०० जना माग भएको छ।

इच्छुकले २७ जुलाई देखि २ अगस्ट सम्म आवेदन दिन सक्नेछन्।

प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सीप परीक्षण र कार्यक्षमता मूल्यांकनमा समेत सहभागी भइ उत्तीर्ण भएपछि मात्रै अन्तिम छनोटमा पर्छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024