कोरियामा पक्राउ परेका ३७ जना विद्यार्थी जरिवाना तिरेपछि रिहा

4 May, 2026

Hom Karki

कोरियाले श्रम अनुमतिबिना काम गरेको भन्दै पक्राउ गरेकामध्ये ३७ जना विद्यार्थीलाई बिहीबार रिहा गरेको छ । पाँच जना विद्यार्थीमाथि अनुसन्धान जारी छ । उनीहरूलाई कोरियाको थेगुबाट मंगलबार पक्राउ गरिएको थियो ।

‘कोरियामा विद्यार्थीलाई जथाभाबी काम गर्न दिइने गरेको छैन । ४२ जना विद्यार्थीलाई कामबाट फर्किंदै गर्दा पक्राउ गरेको हो,’ कोरियाको राजधानी सोलस्थित नेपाली दूतावासका द्वितीय सचिव जेनिम अधिकारीले इकान्तिपुरसँग भने,‘३७ जना विद्यार्थी रिहा भइसकेका छन् ।’

चार वटा विश्वविद्यालयमा अध्ययनरत ती विद्यार्थी डेलिभरीको काम गर्दै आएका थिए । कोरियामा एकैपटक ठूलो संख्यामा नेपाली विद्यार्थी पक्राउ परेको यो पहिलो घटना हो । उनीहरूलाई करिब दुई लाख रुपैयाँसम्म जरिवाना तिराएर छोडिदिएको अधिकारीले बताए । कोरियामा विद्यार्थीले निश्चित घण्टा इलोक्ट्रोनिक पसल र रेस्टुरेन्टमा मात्रै काम गर्न पाउनेछन् ।

कोरियामा सबै तहमा गरी पढ्ने नेपाली विद्यार्थीको संख्या १९ हजार ५ सय ८१ जना छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024