केदारनाथमा बेपत्ता कालिकोटका तीन जनाको शव फेला

16 August, 2023

साउन १९ को राति पहिरोमा परी भारतको उत्तराखण्ड राज्यअन्तर्गत केदारनाथ मार्गको गौरीकुण्डमा जुम्लाका ११ र कालिकोटका तीनसहित १४ नेपाली बेपत्ता भएका थिए। तीमध्ये कालिकोटको खाँडाचक्र नगरपालिकाका तीनजनाको शव फेला परेको छ।

गौरीकुण्डमा होटल बगाउँदा बेपत्ता भएका जुम्लाका ११ जना अझै फेला परेका छैनन्। केदारनाथ क्षेत्रमा नेपाली दुर्घटनामा परेको यो पहिलोपटक होइन। बर्सेनि मानवीय क्षति भए पनि जोखिमपूर्ण मानिएको केदारनाथमा मजदुरी गर्न जानेको संख्या भने बढिरहेको छ।

‘काम र ठाउँ जोखिमपूर्ण भए पनि भारतका अन्य ठाउँभन्दा कमाइ राम्रो छ’, पलाँता-४ का कमल बमले टेलिफोनमा भने, ‘अन्यत्र एक वर्षमा हुने आम्दानी यहाँ महिना दिनमै हुन्छ।’ कमाइ राम्रो हुने भएपछि कालिकोटका वासिन्दाको केदारनाथतिर आकर्षण बढेको हो। यहाँबाट स्थानीय प्रशासनको सिफारिस बनाएरै गएका छन्।

गौरीकुण्डमा होटल बगाउँदा बेपत्ता भएका जुम्लाका ११ जना अझै फेला परेका छैनन्। केदारनाथ क्षेत्रमा नेपाली दुर्घटनामा परेको यो पहिलोपटक होइन।

केदारनाथ जान त्यहाँको प्रशासनले कालिकोटका वासिन्दालाई जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य गरेको छ। २०७९ चैत १० देखि जिल्ला प्रशासनबाट झन्डै ७ हजार युवा सिफारिस लिएर भारत गएको कार्यालयको तथ्यांक छ। कार्यालयका अनुसार अहिलेसम्म ६ हजार ९ सय ५२ जनाले भारत जान सिफारिस लगेका छन्।

पहिले बिनारोकतोक केदारनाथ जान पाइने भए पनि गत वर्ष कालिकोटका एकजनाले तीर्थयात्रुलाई दुव्र्यवहार गरेपछि भारतीय स्थानीय प्रशासनले कालिकोटका वासिन्दालाई केदारनाथ आउन जिल्ला प्रशासनको सिफारिस अनिवार्य गरेको हो।

केदारनाथ तीर्थयात्रामा आउने यात्रुलाई मन्दिरसम्म पुर्‍याइदिएबापत दैनिक ५ देखि ४० हजारसम्म कमाइ हुने भएकाले धेरैको प्रमुख गन्तव्य केदारनाथ हुने गरेको छ। केदारनाथमा कालिकोट, जुम्ला, हुम्ला, बाजुरा, दैलेख, जाजरकोट र सुर्खेतका वासिन्दा बढी छन्।

केदारनाथ जान त्यहाँको प्रशासनले कालिकोटका वासिन्दालाई जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य गरेको छ।

केदारनाथमा तीर्थयात्रुलाई तीन प्रकारका साधन डन्डी (चारजनाले बोक्ने डोली), कन्डी (डोको काटेर एकजनाले बोक्ने) र घोडामार्फत मन्दिर पुर्‍याउने गरिन्छ। २४ किमि उकालो यात्रा गराएर ओरालो झारेबापत दैनिक १० देखि ४० हजारसम्म कमाइ हुने मजदुरले बताएका छन्।

केदारनाथ उक्लिने भीरको बाटो जोखिमपूर्ण छ। कामको खोजीमा गएका व्यक्ति खुला ठाउँ छाप्रो र टेन्ट हालेर बस्छन्। दुर्घटना र बाढीपहिरोबाट बर्सेनि ४/५ जना नेपालीको ज्यान जाने गरेको छ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले प्रशासनले व्यक्तिगत रोजगारीको सिलसिलामा भारत जानेको चालचलन राम्रो भएको भन्दै सिफारिस दिने गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026