कुवेतमा थप एक नेपालीमा कोरोना संक्रमण

8 April, 2020

होम कार्की

काठमाडौँ — कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कुवेतमा संक्रमित नेपालीको संख्या तीन पुगेको छ । 

कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार एक नेपालीसहित ११२ जना नयाँ संक्रमितबारे जानकारी दिइएको थियो । कुवेतमा संक्रमितको संख्यामा ८५५ पुगेको छ । जसमा ११ जनालाई निको भएको छ । 

कुवेतस्थित नेपाली दूतावासले कोरोना भाइरसबाट बञ्‍चको लागि उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई आग्रह गरेको छ । कुवेतमा झन्डै ७० हजार नेपाली कार्यरत छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024