कुबेतको आममाफी अवसरमा ३५ सय नेपाली सहभागी

1 July, 2011

 होम कार्की

अवैध रूपमा कुबेतमा बस्दै आएकालाई दिइएको आममाफीमा ३५ सय नेपाली सहभागी भएका छन् । त्यसको अवसर नलिनेलाई कुबेत सरकारले शुक्रबारबाट पक्राउ गरी कारबाही गर्नेछ ।

कुबेत सरकारले राष्ट्रिय दिवसका अवसरमा अवैध रूपमा बसिरहेका आप्रवासीलाई बिना सजाय स्वदेश फिर्न पाउने गरी तीन महिने आममाफी दिएको थियो । यो समय बिहीबारबाट सकिएको छ । कुबेत सरकारले तीन वर्षपछि यो सुबिधा दिएको थियो । ‘सुबिद्या लिन खोज्ने ३५ सय नेपाली कामदारलाई दुताबासले ट्राभल डकुमेन्ट जारी गरेको छ’, कुबेतस्थित नेपाली राजदुत मधुवन पौडेलले कान्तिपुरलाई भने, ‘सबैभन्दा बढी नेपाली महिलालाई फाइदा पुगेको छ ।’

कुबेतमा झन्डै ५५ हजार नेपाली कामदार छन् । अधिकासले श्रम स्वीकृति लिएका छैनन् । त्यसमध्ये ८० प्रतिशत महिला छन् । ‘भागेर बसिरहेका धेरै महिला र पुरुष कामदारलाई आममाफीले ठूलो राहत पुगेको थियो,’ पौडेलले भने, ‘तर कति अवैध छन् भन्ने अभिलेख दूतावाससँग नभएकाले आममाफीलाई सदुपयोग नगर्ने कामदारको तथ्यांक भन्न सकिँदैन ।’

कुबेतमा घरेलु कामदार र भेडीगोठमा आइपुगेका कामदार बढी अवैध -पमा बसिरहेका छन् । अबैध कामदारलाई लगाउँदा बढी फाइदा हुने र कानुनी दायित्व निभाउनु नपर्ने हुँदा  त्यहाँका केही दलाल र एजेन्सी नै कामदारलाई अवैध बनाउने काममा सक्रिय छन् ।

दूतावासका अनुसार ट्राभल डकुमेन्ट बनाएका मध्ये झन्डै तीन सयले जरिवाना तिरी कुबेतमै बसिरहेका

छन् । ‘अब अवैध रूपमा बसेको भेटिए उनीहरूले जेल बस्नुको साथै जरिवाना समेत तिनुपर्नेछ’, उनले भने, ‘यसरी फर्काइएकाहरू पुनः कामका लागि कुबेत आउन पाउने छैनन् ।’

कुबेत सरकारले घोषणादेखि अवसर उपयोग नगर्नेमाथि कडा कारबाही गर्ने नीति लिएपछि दूतावासले यो सुविधा लिन आफ्ना नागरकलाई अनुरोध गर्दै आइरहेको थियो । त्यसका लागि दूतावासले सस्तो भाडामा स्वदेश र्फकने प्रबन्ध गरेको पनि पौडलले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024