कतार प्रहरीमा पठाइदिने प्रलोभनमा ठगी बढ्यो, सचेत रहन विभागको आग्रह

6 April, 2021

कतार प्रहरीको प्रलोभन देखाएर युवाहरुलाई ठगी गर्ने प्रवृत्ति बढेपछि वैदेशिक रोजगार विभागले सचेत रहन आग्रह गरेको छ।

यस्तो प्रलोभनमा पारेर कतिपय व्यक्ति तथा संस्थाहरुले राहदानी लगायत काजगातहरु संकलन गर्ने, अन्तर्वार्ता लिने र रकम असुल गर्ने अवैध काम बढेकाले विभागले प्रेस विज्ञप्तीमार्फत् सचेत रहन आग्रह गरेको हो।

‘कतारमा नेपाली कामदार पठाउने कार्य जारीरहेको भएपनि कतार प्रहरीको लागि हाल कतारस्थित नेपाली दूतावासबाट कुनै पनि मागपत्र प्रमाणीकरण भइ नआएको र विभागबाट पनि पूर्व स्वीकृति प्रदान नगरिएकाले त्यो नाममा हुन सक्ने सम्भावित ठगीबाट बच्न अनुरोध छ,’जारी विज्ञप्तीमा उल्लेख छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026