एन आर एन साउदीद्वारा ३ सय ७३ नेपालीलाई खाद्यान्न सहयोग

29 June, 2020

विष्णु घिमिरे

 

साउदी अरेबिया : विश्वभर कोरोना भाइरसबाट मानव जगत त्रसित अवस्थामा रहेको बेलामा गैर आवासीय नेपाली संघ,एन आर एन साउदीले साउदीमा कार्यरत ३ सय ७३ नेपालीलाई  खाधान्य सहयोग गरेको  छ । संघको बैठकले कोभिड १९ उद्धार तथा समन्वय समिति साउदी अरब गठन गर्नुको गरेर आईसीसीसँग  समन्वय गरी १० लाख धनराशिबाट सहयोग सुरु गरेको हो ।  

कार्यरत कम्पनीमा वास्तविक पीडित पहिचान गर्दै कोभिड १९ बाट प्रभावितको नामावलीसहित अन्य विवरण संकलन गर्ने र मापदण्ड अनुसार आवश्यकता हेरी प्राथमिकतामा राखिएको छ ।  साथै नेपाली दूतावास रियाद र महावाणिज्यदूतावास जेद्धासमेतको रुजु वा अनुरोधमा सो रकम खर्च गर्दै आवश्यक परेको खण्डमा थप सहयोग रकमसमेत ब्यवस्था  गर्ने भएको छ ।

संघले कोरोनाको कारण साउदी अरबमा संक्रमित तथा मृतक नेपालीको पछिल्लो अवस्थाबारे जानकारी  लिन स्वदेश फिर्तिको लागि वास्तविक पीडितको पहिचान गरी निशुल्क स्वदेश फिर्तिको ब्यबस्था गर्न, कोरोनाबाहेक अन्य कारणले मृत्‍यु भएका नेपालीको शव नेपाल पठाउने व्यबस्था गर्न, पीडितको जीवन रक्षा माग,बिमा तथा अन्य सेवा सुविधा लगायतका विषय समेटिएको ७ बुंदे ज्ञापन पत्र र संयुक्त प्रेस विज्ञप्तीमार्फत नेपाली दुतावास, नेपाल सरकार र सम्बन्धित निकायलाई संस्थागत अनुरोध तथा ध्यानाकर्षण गराएको थियो ।

श्रममैत्री संस्थाको रुपमा परिचित एनआरएन साउदीको स्थानपना २००७ मा भएको हो । संघले साउदीमा कार्यरत  नेपालीलाई पैरवी पहल, सहयोग तथा उद्धारका गर्नुको साथै स्वदेशमा महा-भूकम्प, आगजनी बाढीपीडित तथा दैविक प्रकोप लगायत  इलाइब्रेरी भवन निर्माण जस्ता कार्यमा सहयोग गर्दै आइरहेको छ । साउदि अरेबियामा क्रियाशील नेपाली संघ संस्थासँग समेत विभिन्न तरिकाले  सामाजिक कार्यहरूमा सहकार्य गर्दै आइरहेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026