उपप्रमुखको घर भत्काउने क्रममा मजदुरको मृत्यु

6 April, 2026

पार्थ मण्डल

झापाको भद्रपुरमा पक्की घर भत्काउने क्रममा मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ निवासी ३४ वर्षीय उपेन्द्र राजवंशी रहेको प्रहरीले जनाएको छ।

आज दिउँसो करिब ४ बजेको समयमा भद्रपुर–६ स्थित भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले बेचेको क्षतिग्रस्त पक्की घर भत्काउने क्रममा छतको पिलरसँगै तल खस्दा राजवंशीका मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योञ्जनले बताए।

घाइते राजवंशीलाई उपचारका लागि ओम साई पाथीभरा हस्पिटल भद्रपुर पुर्याएलगतै चिकित्सकले मृत घोषित गरिदिएको उनले बताए। त्यस्तै दुर्घटना परी ठेकेदार धर्मेन्द्र यादव पनि घाइते भएका छन्। सामान्य अवस्था रहेको उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ।

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा केही अराजक समूहले उपप्रमुख कार्कीको दुई तले पक्की घरमा आगजनी गरी पूर्ण रूपमा क्षति पुर्‍याएका थिए। सोही आगजनीबाट क्षतिग्रस्त बनेको घर ठेकेदार यादवलाई बिक्री गरेको उपप्रमुख कार्कीले बताइन्। ठेकेदार यादवकै उपस्थितिमै दुःखद मानवीय घटना घट्न पुगेको उनको भनाइ छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024