दक्षिण कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिने नेपाली सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने जनाएको छ ।
राहदानी विभागले बुधबार सूचना जारी गर्दै साउन १४ गतेदेखि २२ गतेसम्म सेवा दुई सिफ्टमा सञ्चालन गरिने जनाएको हो । साउन १४ गतेदेखि १८ गतेसम्म पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । दोस्रो सिफ्ट भने दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ ।
विभागले शनिबार, आइतबार तथा सार्वजनिक बिदाका दिनसमेत विद्युतीय राहदानीसम्बन्धी सेवा सञ्चालन गर्ने जनाएको छ ।