इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा

16 April, 2026

इरानी सेनाको नियन्त्रणमा रहेका उदयपुरको गाईघाटका अमृत झा रिहा भएका छन्।

कतारस्थित नेपाली दूतावासले अमृत झा रिहा भएको परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखालाई जानकारी गराएको छ। अमृतकी दिदी पूजा झाले पनि भाइ रिहा भएको जानकारी पाएको बताएकी छन्।

तेल लिन जाने क्रममा उदयपुर गाईघाटका ३० वर्षीय अमृत झासहित ७ जनालाई इरानी सुरक्षाकर्मीले हर्मुजभन्दा माथि रहेको समुद्री आइल्यान्ड केशनबाट पक्राउ गरेको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024