इराकमा २ नेपाली पक्राउ

16 October, 2011

इराक पुगेका दुई नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । ६ महिनाअघि इराक पुगेका भरतपुर, चितवनका गोपाल शर्मा अमगाईं र मकवानपुरका राजेश लामा पक्राउ परेका हुन् ।

इराकको बग्दादस्थित हाम्को होटलमा कार्यरत उनीहरूलाई साहूले इरानको बोर्डरमा काम लगाउन लैजाने क्रममा प्रहरीले भिसा अवधि सकिएको भन्दै पक्रेको हो । उनीहरूलाई इराकको बारसाहस्थित जेलमा राखिएको छ । ‘दाइलाई पक्राउ गरेको ४५ दिन भयो । लैजाने साहूले भिसाको समय नथपिदिँदा पक्राउ हुनुपर्‍यो । बेला-बेला फोन सम्पर्क भइरहेको छ,’ गोपालका भाइ सुनिलले भने, ‘उहाँहरूको स्वास्थ्यस्थिति बिगि्रएको छ ।’ ‘दाइ निकै आत्तिनुभएको छ,’ उनले भने, ‘छुटाउन ढिला भएकाले हामीलाई निकै चिन्ता लागेको छ ।’

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024