इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

5 August, 2026

नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ।

साेमबार बिहान करिब ११:२० बजे इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो।

घटनामा गम्भीर घाइते भएका ४५ वर्षीय राम फेरन कोरीको उपचारका क्रममा साउन २० गते बिहान ३:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ। कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024