इजरायल, कुवेत, बहराइन र लेबननका लागि पुनः श्रम स्वीकृति सुचारु

16 April, 2026

सरकारले वैदेशिक रोजगारीका लागि इजरायल, कुवेत, बहराइन र लेवननको पुनः श्रम स्वीकृति सुचारु गरेको छ।

गत चैत ३० गतेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णयानुसार चार देशका पुनः श्रम स्वीकृति सुचारु गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागले आज (बुधबार) जारी गरेको विज्ञप्तिअनुसार मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा रहेका मुलुकहरूमा सरकारले २०८२ फागुन १७ गते वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगन गरेको थियो।

यसअघि साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्की को पुनः श्रम स्वीकृति सूचारु गर्ने निर्णय सरकारले गरेको थियो। बाँकी देशहरू इजरायल, कुवेत, बहराइन र लेबनान देशको पुनः श्रम स्वीकृति सुचारु गर्ने निर्णय भने चैत ३० गते गरिएको हो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024