आन्दोलन भइरहे इपिएस रोजगारी बन्द गर्नुपर्ने हुनसक्छ– इपिएस शाखा

8 September, 2025

रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले रोस्टरमा रहेकाले छिटो कोरिया जान पाउँ भन्दै जुलुस, धर्ना तथा आन्दोलन जस्ता गतिविधि गर्दै आएकाले नकारात्मक असर पुगिरहेको जनाएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै शाखाले कतिपय युवाहरूबाट गैरजिम्मेवार क्रियाकलापले इपिएसको दिगोपनलाई नकारात्मक असर परेको जनाएको हो।

‘कोरियन भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया रोजगारीमा जाने सुनिश्चितता हुँदैन, किनकी कोरियाली रोजगारदाताले छनोट गरेमा मात्रै जान सकिन्छ,’ शाखाले विज्ञप्तिमा भनेको छ।

जसले गर्दा आन्दोलनका गतिविधि नगर्न शाखाले आग्रह गरेको छ।

‘अवाञ्छित कार्यहरूको मूल्यांकन रोस्टरमा रहेका नेपाली श्रमिकहरूलाई रोजगारदाताले छनोट गरी कोरिया लैजाने कार्यमा समेत असर पर्न सक्छ,’ शाखाले भनेको छ, ‘इपिएसको आधारभूत नियम पालना नगरी निरन्तर परिवर्तनको माग गरिएमा नेपालबाट इपिएस प्रणाली अगाडि बढाउन कठिन हुन सक्छ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026