अष्ट्रेलियामा पढ्ने विद्यार्थीका लागि सहयोगको अपिल

30 March, 2020

सेतोपाटी संवाददाता

अष्ट्रेलियामा पढ्ने विद्यार्थीका लागि राहत र सहयोग गर्न नेपाली परामर्शदाताले आग्रह गरेका छन्। 

नेपाल र अष्ट्रेलियामा नेपाली विद्यार्थी समुदायका लागि शिक्षा परामर्शका पाँच वटा छाता संगठनको सामूहिक प्रतिनिधि (इक्यान, आइरिन, फेकोन, नायर र एका)ले प्रेस विज्ञप्ति जारी गरी अष्ट्रेलियाका शिक्षा प्रदायक, सरकारी एजेन्सी र सम्बन्धित सरोकारवालासमक्ष सहयोगको आग्रह गरेको हो।

कोरोना भाइरसका कारण यहाँ अध्ययनरत विद्यार्थीको काम कटौति भएपछि मर्कामा परेका छन्। अष्ट्रेलियन सरकारले स्थानीय व्यापार र नागरिकका लागि राहत प्याकेज घोषणा गरे पनि धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू छन् जसका लागि तत्काल सहयोगको खाँचो छ विज्ञप्तिमा भनिएको छ। 

विज्ञप्तिमा आफ्नो अध्ययन जारी राख्न चाहने विद्यार्थीहरूलाई ट्यूशन शुल्क शतप्रतिशत निशुल्क गर्न माग गरिएको छ। 

अनलाइन प्रशिक्षण वा कक्षा तत्काल सुरु गर्न र २०२० मा आफ्नो अध्ययन सुरु गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न माग गरिएको छ। 

छ महिना सम्मको आंशिक खर्च ब्यवस्थापन गर्नको लागि वा स्थिति नियन्त्रणमा नहुँदासम्म विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गर्न समेत माग गरिएको छ। 

बिज्ञप्ति मार्फत अस्ट्रेलिया सरकार, नेपाल सरकार, सिड्नीस्थित नेपाली राजदूतावास, काठमाडौंस्थित अष्ट्रेलियन दूतावास र दिल्लीस्थित अष्ट्रेलियनहाइ कमिसनलाई ध्यानाकर्षण गराइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026