अमेरिकी वकिलले नेपालीको पक्षमा निःशुल्क मुद्दा लड्ने

18 October, 2011

होम कार्की

अमेरिकी वकिल माथेउ हन्डेलीले इराक, अफगानिस्तानलगायत मुलुकमा अमेरिकीकम्पनीमा काम गरी अन्यायमा परेका नेपाली कामदारका पक्षमा निःशुल्क बहसगर्ने घोषणा गरेका छन् ।

हन्डेलीले प्रवासमा कार्यरत नेपालीमाथि अमेरिकी कम्पनीबाट भइरहेका अन्यायरोक्न कानुनी लडाइँको घोषणा गरेका हुन् । उनले उचित क्षतिपूर्ति नदिनेकम्पनीविरुद्ध अमेरिकी अदालतमा मुद्दा हाल्ने बताए ।

‘इराक, अफगानिस्तानजस्ता जोखिमयुक्त मुलुकमा रहेका अमेरिकी कम्पनीअन्तर्गतकाम गर्ने धेरै नेपाली छन् । उनीहरूले आफ्नो ज्यान जोखिममा पारेर सेवादिइरहेका छन् । जब ती कामदारको मृत्यु वा अंगभंग हुन्छ । त्यतिखेर तीकम्पनीहरू उचित क्षतिपूर्ति दिँदैनन्’ उनले भने, ‘त्यसरी अन्यायमा परेका नेपालीलाई न्याय दिलाउन अमेरिकाको अदालतमा निःशुल्क मुद्दा लडिदिनेछु ।’

अमेरिकी कम्पनीबाट कामदारमाथि भएको अन्यायबारे अमेरिकी अदालतमा मुद्दाहाल्न पाउने उनले बताए । काठमाडौं आएका हन्डेलीले क्षतिपूर्ति नपाएका पीडितपरिवारलाई भेटघाट गरिरहेका छन् । इराकमा हत्या भएका १२ नेपालीका परिवारलाईक्षतिपूर्ति दिन उनले मुद्दा लडेका थिए ।

इराक पुर्‍याउने जोर्डनी कम्पनी ‘दाउद एन्ड पार्टनर’ विरुद्ध हालेकोमुद्दा जितेर उनले पीडित परिवारलाई क्षतिपूर्ति दिलाइसकेका छन् ।पीडितमध्ये १० परिवारले एक करोड देखि ५० लाख रुपैयाू क्षतिपूर्ति पाइसकेको छ। धनकुटा र धनुषाका कामदारको आश्रति परिवार -आमाबुवा, श्रीमती वाछोराछोरी )नभएकाले क्षतिपूर्ति दिइएको छैन । उनले मारिएका १२ कामदारलाई कालगाउने प्रमुख अमेरिकी कम्पनी किलोग ब्रन एन्ड रुट -केबीआर) लाईटेक्सासस्थित अदालतमा मानव तस्करविरुद्धको मुद्दा दर्ता गरेका छन् ।हालैमात्र अदालतले यो मुद्दा चलाउन अनुमति दिएको छ । 

हन्डेलीले अफगानिस्तानमा मारिएका अर्का नेपाली थोमन गुरुङ र इराकमा बमविस्फोटमा परी खुट्टा गुमाएका बुद्धि सुनुवारको पक्षमा लडेको पनि मुद्दाजितेका छन् । दुवै पीडितले क्षतिपूर्ति समेत पाए । मुद्दा हालेको खण्डमानेपालीलाई काम लगाउने अमेरिकी कम्पनीहरू जिम्मेवार बन्ने उल्लेख गर्दै उनलेभने, ‘नेपालीहरू मिहिनेती छन् । उनीहरूको पक्षमा आवाज नउठ्दा पीडितहरू झन्पीडित भए । अन्याय हुनेहरू अन्यायमा परिरहे ।’  

उनले टेक्सासस्थित अदालतबाट केबीआरलाई मानव बेचबिखन मुद्दाको सुनुवाइ गर्न अनुमति दिनु पीडित नेपालीका लागि उपलब्धिपूर्ण भएकोबताए । केबीआरले इराकमा मारिएका १२ जना नेपालीको जिम्मेवारी लिन नपर्ने भन्दै यो मुद्दा खारेजीको माग गरेको थियो । 

‘हामीले केबीआरले गलत सूचना दिई नेपालीलाई इराक लगेको भन्दै मानवतस्करविरुद्ध मुद्दा हालेका थियौं । अदालतले मुद्दा सुनुवाइ गर्ने/नगर्नेविषयको पर्खाइमा थियौं,’ उनले भनेे, ‘यो निकै ठूलो उपलब्धिपूर्ण हो ।’

८ वर्षअघि इराकमा हत्या गरिएका १२ नेपालीलाई क्षतिपूर्ति दिलाउन माथेउलेपीडितको पक्षमा लडेको यो दोस्रो मुद्दा हो । यसअघि उनले इराक पुर्‍याउने जोर्डनी कम्पनी ‘दाउद एन्ड पार्टनर’ विरुद्ध हालेको मुद्दा जितेका थिए ।

उनका अनुसार केबीआर कम्पनी अमेरिकी सैन्य सामग्री आपूर्ति गरी काम लगाउनेमुख्य ठेकेदार हो । यसमा अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनी प्रमुखकार्यकारी भइसकेका छन् । जोर्डनी कम्पनी सहायक ठेकेदार हो । ‘जोर्डनीकम्पनीले कामदारलाई क्षतिपूर्ति दिइसकेको हुदा प्रमुख जिम्मेवारी मुख्यकम्पनी ठेकेदारले लिनुपर्छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यही भएर हामीले मानव तस्करको अभियोग लगाई मुद्दा हालेका थियौं ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024