अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

25 July, 2023

प्रहरीले अमेरिका पठाइदिन्छु भन्दै बीस लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लमजुङ दोर्दी गाउँपालिका वडा नं १ भार्ते घर भई हाल काठमाडौं बनस्थली ढुंगेधारा बस्ने २८ वर्षीय सुजन अधिकारी रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको सोह्रखुट्टेबाट आइतबार पक्राउ गरेको हो। अधिकारीले वैदेशिक रोजगारीको प्रलोभन देखाई मासिक ४ लाख भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई पीडितबाट उक्त रकम ठगी गरेको प्रहरीको आरोप छ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएकाे छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024